सुनको मूल्य साढे दुई लाख पार, नयाँ रेकर्ड कायम


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ। बिहीबारको कारोबारमा तोलामा २ हजार रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य साढे दुई लाख रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ थियो। लगातार वृद्धि हुँदै गएको सुनको मूल्यले पछिल्ला दिनमा नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

यससँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्य, अमेरिकी डलरको मजबुती र भूराजनीतिक तनावले सुनको दरमा प्रभाव पारेको मानिन्छ।