मितेरी डेभलपमेन्टको लाभांश घोषणा


काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको २६४औं बैठकले चालु आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी २०औं वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने जनाएको छ।