काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहबिार सेयर मापक सूचक नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार बिहीबार मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ३० लाख ८३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
बिहीबार हिमालयन पावर पार्टनरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ५४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्