काठमाडौँ । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कोटामा नियुक्त भएर गएका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो ।
सरकारले २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्री खरेलले भने,“चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रुपमा कार्यरत नेपाली राजदूतहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ ।”
चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना राजदूतका रुपमा कार्यरत छन् ।
यस्तै कतारमा रमेशचन्द्र पौडेल, रुसमा जंगबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा शनिल नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे, अमेरिकामा लोकदर्शन रेग्मी, र जापानमा डा. दुर्गाबहादुर सुवेदी राजदूत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्