काठमाडौँ । कात्तिक महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
असोज महिनाको तुलनामा कात्तिक महिनाको लागि १४ ओटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने भने ६ ओटा वाणिज्य बैंकहरूले असोज कै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.४६ प्रतिशत थियो भने कात्तिकमा औसत ब्याजदर ५.२० प्रतिशत रहेको छ ।
प्राइम कर्मशियल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, प्रभु बैंक, एन आई सी एशिया बैंक, कृषि विकास बैंक, सानिमा बैंकले ब्याजदर घटाएका छन् ।
प्राइम कर्मशियल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत ब्याजदर तोकेका छन् ।
कृषि विकास बैंक, नबिल बैंक र प्रभु बैंकले ४.९५ प्रतिशत ब्याजदर तोकेका छन् भने एन आई सी एशिया बैंकले ५.७५ प्रतिशत र सानिमा बैंकले ५.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।
ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कुमारी बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, कुमारी बैंकले ५.०१ प्रतिशत, ब्याज दिने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्