सुनको मूल्य तोलाकाे २ लाख ५८ हजार रूपैयाँ


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ५८ हजार रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले बढेर ३ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ ।