हिमालयन डिष्टिलरीले गर्‍यो लाभांश घोषणा


काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) लाभांश दिने निर्णय गरेको हो।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ।