काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन विवादबारे उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानकर्षण गराएका छन् ।
२६ ओटा उद्योगका सञ्चालकले प्रधानमन्त्री कार्कीलाई आज सामूहिक पत्र लेख्दै निवेदन विचाराधिन रहेकै अवस्थामा बक्यौता नतिरे लाइन काट्ने भन्दै पत्र पठाइएको भन्दै प्रधानम्नत्री कार्कीको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले अनुचित र अपमानित भएर अहिलेको अवस्थामा उद्योग व्यवसायी समेत सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
उद्योगीले आफूहरूले बक्यौता तिर्न तयार रहेको पनि स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री कार्कीलाई बुझाइएको ध्यानकर्षण भनिएको छ,“हामीलाई उद्योग सञ्चालनका लागि विद्युत प्रदान गरिएको तथ्यको प्रमाण दिएर ४, ६, ८, १०, २०, ४० अर्ब जे जति रकमको दायित्व कायम हुन आउछ सो पुर्ण रकम हामि तिर्न तयार रहेका छौँ ।”
उद्योगीले लाल आयोगको सिफारिस बमाजिम प्रमाणको आधारमा जे जति रकम वक्यौता कायम हुन आउँछ सो रकम तिर्न बुझाउन सधै तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ,“प्राधिकरणले विद्युत् नै नलिएको भएता पनि विना प्रमाण हामीसँगै विशेष दरमा महसुल माग गरेको विरुद्ध रीतपूर्वक पुनारावलोकनका लागि निवेदन गरेको र उक्त निवेदन विचाराधिन रहेकै अवस्थामा पुनरावलोकनको सम्पूर्ण प्रकृया नै रद्द गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितिबाट गरेर यही कात्तिक २ गते भित्र वक्यौता नतिरेको खण्डमा विद्युत् लाइन नै काट्ने पत्र सूचना पठाए पश्चात सम्माननीय ज्यू समक्ष यो निवेदन गर्न बाध्य भएका छौँ । ”
प्रतिक्रिया दिनुहोस्