भाइटीकाबाहेकका अन्य दिन पनि भन्सार लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

पत्राचार गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।