आइतबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ५८ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ५३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेर ३ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ ।