काठमाडाैँ । स्याङ्जामा सडक दुर्घटनामा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ।
४५ वर्षीय लम्सालले आफैं चलाइरहेको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुतलीखेत–सतौं भित्री पक्की सडकखण्ड अन्तर्गत पर्ने उक्त स्थानमा मोटरसाइकल अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको प्रहरीले बताएको छ।
सतौंबाट पुतलीबजारतर्फ जाँदै गरेका लम्साललाई गम्भीर अवस्थामा उद्धार गरी जिल्ला अस्पताल स्याङ्जा पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।



प्रतिक्रिया दिनुहोस्