काठमाडाैँ । आज देशभरको मौसम सामान्य रूपमा स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको कारण अधिकांश स्थानमा मौसम सफा रहने अपेक्षा गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका केही उच्च स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा रातिको मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस्