स्याङ्जा । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी विश्वास नेपालीलाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ।
भदौ २४ गते राति कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका २५ वर्षीय नेपाली जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको विशेष अपरेसन टोलीले कात्तिक ७ गते भिरकोट नगरपालिका–१ दार्सिङबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेका नेपालीलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्