काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रूपैयाँ बराबरको आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनासम्म नेपालको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलना १९.७९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ३ खर्ब ९ण् अर्बं ७५ करोड २३ लाख २१ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।
नेपालको निर्यात ८९.६४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको असोजसम्म नेपालको व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड ५ लाख १६ हजार रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रूपैयाँ बराबरको रहेको थियो ।
नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख २६ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिको तmुलनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रूपैयाँ बराबरको रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्