बुटवल । थाई एयर एसियाले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा सातामा दुई पटक नियमित उडान गर्ने तालिका स्वीकृत गराएको छ ।
विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार आज १७ जना यात्रु लिएर आएको एयरबस न्यारोबडी ३२० जहाजले १६२ जना यात्रु लिएर उडेको फर्किएको छ ।
कम्पनीले आइतबार र बुधबार नियमित उडान गर्नेछ।
हाल भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एकमात्र विमान कम्पनीको रूपमा थाई एयर एसिया रहेको छ ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भने यहाँबाट अझै नियमित उडान गर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्