काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । तिहारको कारण सार्वजनिक विदाका कारण कात्तिक ३ गते सोमबारदेखि बन्द रहेको सेयर बजार कात्तिक ९ गते आइतबारबाट खुलेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार आइतबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख ६१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.१६ प्रतिशतले घटेको छ ।
कुल ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख २ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्