काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४१ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ३९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर २ हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्