काठमाडाैँ । लोक आस्थाको पर्व छठको आज महत्वपूर्ण दिन हो । आजको दिनलाई सौजका अर्घ भनिन्छ । अर्थात आज अस्ताउँदो सूर्यलाई व्रतालुहरूले अर्घ दिइँदैछ । उदाउँदो सूर्यलाई प्रतिदिन जसो हिन्दु धर्मावलम्वीहरूले पूजा आराधना गर्दछन् । तर छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ ।
षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइसकेपछि व्रतालु र उनका पारिवारिक सदस्यहरु प्रसाद सामग्रीसहित रात्री सम्पूर्ण नदीनाला तालतलैया र सरोवरकै घाटमा रात्री विश्राम गर्दछन् ।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । आइतबार खर्ना विधिसम्म घरमै पूजापाठ भएको यस पर्वमा आजदेखि नदीनाला तालतलैया र सरोवरको घाटहरुमा पूजापाठ हुने गर्दछ । जसका लागि पोखरीका घाटहरू तालतलैया र नदीनालाका घाटहरू घरभन्दा पनि बेहुली जस्तै सजाइएका छन् ।
सफासुदर बनाइएको छ । यस पर्वमा प्रयोग हुने केरा, उखु, ठेकुवा भूसवासहित स्थानीयस्तरमै उत्पादन हुने प्राकृतिक रुपमा आफ्नै करेसाबारी र खेतीपातीमा उत्पादन हुने प्रसादका रुपमा चढाइने सम्पूर्ण प्रसादका सामग्रीहरु लिएर घरका पुरुष वर्ग पोखरी र तालतलैयाका घाटहरूमा पुगिरहेका छन् । व्रतालु महिलाहरू पनि घाटमा पुग्ने क्रम निरन्तर जारी छ ।



प्रतिक्रिया दिनुहोस्