काठमाडौँ । प्रभु बैंक लिमिटेडले ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।
विभिन्न १० जना व्यक्तिको नाममा रहेको संस्थापक सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी सेयर बिक्रीका लागि प्रस्ताव गरेपनि सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि आम सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिन सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्