काठमाडौँ । ललितपुरको इमाडोलमा रहेको किष्ट मेडिकल कलेजमा सुत्केरी भर्नाको विषयलाई लिएर भएको आक्रमणबारे एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
एसोसिएसनले विज्ञप्ति जारी गर्दै उपचारका विषयमा भएका विमतिलाई विधिसम्मत र कानुनसम्मत रुपमा निरुपण गर्ने अधिकार हुँदाहुँदै अस्पतालजस्तो संवेदनशील स्थानमा आक्रमण गर्ने र कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई ध्यान मार्ने नियतले हमला हुनुले त्रसित र आतङ्कित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रा.डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस प्रकारको आक्रमण कुनै असन्तुष्टिको स्वाभाविक उपजभन्दा पनि नियोजित र प्रायोजित हमला हो भन्ने हाम्रो बुझाइ रहको छ । बिरामीको आफन्तका नाममा पेशेवर गुण्डाहरू परिचालन गरि अस्प्ताल र स्वास्थ्यकर्मीमाथि क्षति पु¥याउने कत्सित षडयन्त्र रचिएको प्रष्ट छ ।”
एसोसिएसनले यस्तो अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिने समेत चेतावनी दिएको छ ।
एसोसिएसनले उक्त घटनाको तत्काल छानबिन र दोषीलाई पक्रा गरी कारबही गर्न एवं शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
एसोएिसनले विज्ञप्तिमा दोषीलाई कारबाही नगरे संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।
सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । मृतकका आफन्तले लापरबाही गरेकाे भन्दै किष्ट अस्पताल ताेडफाेड गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्