कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आएपिओ निष्काशन गर्दै एसवाई प्यानल


काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि कात्तिक १९ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आएपिओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी एक अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुने जनाइएकाे छ।

कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ ।