काठमाडाैं । आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोगमा पुगेका छन् ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा सहितका नेताहरु दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित वकिल लिएर निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् ।

आगामी फागुन २१ गते हुने भनि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने सीमा ताेकेकाे छ ।



प्रतिक्रिया दिनुहोस्