जिली इएक्स ५ गाडीको आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्स सो–रुम विस्तारमा


काठमाडौँ । जिली इएक्स ५ गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरसीप विस्तार याजना सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने योजना सार्वजनिक गरेको हो ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरसिप सोे–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली इएक्स५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काउने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठुलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ ।”

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका र तिनका सो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।

यी नयाँ सोेरुमहरूले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ ।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली इएक्स ५ पुर्‍याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरसिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौँ ” एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, “हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।