सोल्टी होटलले गर्‍यो लाभांश घोषणा


काठमाडौँ। सोल्टी होटल लिमिटेडले शेयरधनीलाई ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । होटलले लाभांश वितरणको एजेण्डासहित ५१ औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

कम्पनीले सभा मंसिर २८ गते बिहान १० बजेटदेखि त्रिभूवन आर्मी अफिर्सस क्लव सभामण्डप हल, सुनधारामा गर्ने कम्पनी सचिव लिलबहादुर खत्रीले जानकारी दिए । कम्पनीले सेयरधनीलाई १६.५७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने भएको हो।  ।

कम्पनीले बुक क्लोज मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म तोकेको छ । मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सोल्टीले दिने लाभांश पाउनेछन् । ।