काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३७ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ३६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर २ हजार ९६५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्