अर्थतन्त्रमा ‘मध्यकालीन अडवृद्धि चक्र’काे जोखिम,जेनजी आन्दोलनको प्रभाव पर्नसक्छ २२ त्रैमाससम्म


काठमाडौँ । नेपालको अर्थतन्त्र मध्यमकालीन अडवृद्धि चक्रमा फस्ने जोखिम बढेर गएको छ ।

सरकारले सचेतता नअपनाए भूकम्प र भारतीय आर्थिक नाकाबन्दीजनित, कोभिडजनित र सबैभन्दा पछिल्लो सरकारद्वारा सिर्जित ‘आयात नियन्त्रणजनित आर्थिक मन्दी’भन्दा निकै गहिरो मन्दी हुने सम्भावना छ ।

सरकारले अन्य पुँजीगत बजेटसमेत रकमान्तर गर्ने, तत्कालका लागि बाह्य सहयोगसमेत ठुलो अनुपातमा परिचालन नहुने हुँदा अल्पकालीन अवधि (कम्तिमा ८ देखि १५ त्रैमासिक अवधि)सम्म गम्भीर प्रकृतिको आर्थिक सुस्तता कायम हुने समकालीन समीकरण विधि (एसईएम) र भेक्टर त्रुटि सुधार मोडल (भिइसीएम) विधिबाट गरिएको विश्लेषणले देखाएको छ ।

आन्तरिक तथा बाह्य लगानीको विश्वासमा आएको गिरावटका कारण यो मन्दी थप २० देखि २२ त्रैमासिक अवधिसम्म लम्बिन सक्ने प्रारम्भिक आकलन छ । विस्तृत टक्सार म्यागजिनको कात्तिक अङ्कमा

https://thuprai.com/magazine/taksar-vol-5-issue-7