काठमाडाैँ । डडेलधुरा आलिताल गाउँपालिका–३ का कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैले उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अध्यक्ष मडैले उपर १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । मडैलेले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारले जानकारी दिएको छ ।
उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा कीर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी रकम अध्यक्ष मडैलेले आफ्नै नाममा विभिन्न मितिमा सात वटा चेकबाट १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्