डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत उपत्यका भित्र डल्लेका आउटलेटमा विशेष छुट


काठमाडौं । नेपालको अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले चर्चित रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन,डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर, अदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड भने देखाउनुपर्ने कम्पनीले जनाएको छ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप गुगल प्ले स्टोर बाट डाउनलोड गरि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुपर्ने र होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरि प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।

यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग भएको डिशहोमले जनाएको छ ।