बोल्दा बोल्दै बेहोस भएका जिफण्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमकाे निधन


काठमाडाैँ । उद्योगीको आन्दोलनमा बोल्दा बोल्दै बेहोस भएका जिफण्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष गाैतम भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि भएकाे विराेध कार्यक्रममा उनी बाेल्दा बाेल्दै ढलेका थिए ।

ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले विरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनका क्रममा बेहोस भएर ढलेका उनको उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएकोमा उनको निधन भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।