काठमाडौँ । वीपी राजमार्ग अन्र्तगत काभ्रेको काभ्रे भन्ज्याङ, भकुण्डेवेशी खुर्कोट बजार खण्डमा सावरी साधन आवतजावतमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेका कारण आवतजावतमा रोक लगाएको जनाएको छ ।
विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्तिक १३ गते (आज) देखि १४ गतेसम्म साँझ ५ बजेदेखि विहान ५ बजेसम्म सवारी आवागनमा रोक लगाएको हो ।
वीपी राजमार्गको खुर्कोटवजार, सिन्धुली जिल्लाबाट काठमाण्डौँतर्फ जाने सवारी साधनमा रोक लगाएको छ ।
काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङ भकुण्डेवेशी सिन्धुली सडकखण्डमा अत्यावश्यक बाहेक सबै सवारी आवागमनमा बिहीबार ५ बजेदेखि शुक्रबार ६ बजेसम्म निषेध गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्