काठमाडौँ । सरकारी सरह तलब सुविधासहित विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सका प्रतिनिधि, मेडिकल कलेज तथा अस्पतालका प्रतिनिधि र सरकारबिच सहमति भएको छ ।
शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो । जेनजीको तर्फबाट वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निजी मेडिकल कलेज र ठुला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ ।
अन्य निजी अस्पतालहरूले अहिलेलाई ८० प्रतिशत तलब प्रदान गर्ने र एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पु¥याउने सम्झौता भएको छ ।
विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले भने,“ हामीले हाम्रो तर्फबाट पनि हस्ताक्षर गरेका छौँ । सहमति भएको छ । जनेजीबाट प्रतिनिधित्व गर्नेले भने असहमति जनाएका छन् । ”
निजी मेडिकल कलेज र ठुला निजी अस्पतालबाहेकले ८० प्रतिशत र अन्य शिर्षकमा गरेर ३४,७३० रुपैयाँ पुराउने छन् । अस्पतालहरूको वर्गीकरणपछि पारिश्रमिक लगायतका अन्य काम समायोजन हुने छ ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माको उपस्थितिमा भएको वार्तामा सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघका अध्यक्ष र महासचिव, तथा निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू उपस्थित थिए । सम्झौतमा सबैले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्