काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ट्रेडिङ उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार हिमालय बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त सेयर १ अर्ब ६६ करोड ५० लाख बढिको सेयर कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १ सय ३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्