काठमाडौँ । महालक्ष्मी विकास बैंकले आव २०८१८२ का लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ६३५औं बैठक शुक्रबार (कात्तिक १७ गते) बिहान ९ देखि १० बजेसम्म बसेर सो निर्णय गरेको हो।
बैंकले वितरण गर्न लागेको कुल १०.३७ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि समेत० समावेश गरिएको छ।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।
गत आर्थिक वर्षमा बैंकले स्थिर नाफा कायम गर्न सफल भएको र यसले लगानीकर्तालाई स्थायित्वको सन्देश दिएको बैंक स्रोतले बताएको छ।



प्रतिक्रिया दिनुहोस्