काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम २०२५ नोभेम्बर ९ देखि २०२६ नेभेम्बर ९ सम्म ३६६ दिनको लागि लगानी गर्न लागेको हो ।
वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीहरूले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव पेश गर्न राष्ट्र बैंकले भनेको हो । निक्षेपको रूपमा लिन चाहेको रकम २०८२ कात्तिक १८ गते साँझ ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले प्रस्ताव पेश गर्न सक्नेछन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ८ करोड रूपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३९ करोड रूपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड रूपैयाँ लगानी गर्ने गरी प्रस्ताव आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्