काठमाडौँ । एन आई शी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
२०८२ कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेको शाक्य एन आई शी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नेपाल राष्ट्र बैंकको गर्भनर राजीनामा दिएका थिए । ढुङ्गानाले राजीनामा दिएपछि वरिष्ठताको आधारमा बेंकको प्रमुख कार्यकारी अधिकृत शाक्य हुनुपर्ने भएपनि नायब प्रमुख कार्यकारी अधिकत मनोज ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
उनै शाक्य एन आई सी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत बनेर गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्