बिवाइडीले चीनको सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि गुमायो,सेयर मूल्यसमेत नौ महिनाकै कम


काठमाडौँ । बिवाइडी कम्पनीको सेयर मूल्य सोमबार लगभग नौ महिनाको न्यूनतम बिन्दुमा झरेको छ ।

दोस्रो महिना पनि बिक्रीमा लगातार गिरावट आएपछि सेयर मूल्यमा समेत कमी आएको हो ।

बिक्रीमा गिरावटसँगै चिनियाँ बजारमा फेरि दोस्रो स्थानमा झरेको छ । अक्टोबर महिनामा कम्पनीले ४ लाख ४१ हजार ७ सय ६ ओटा सवारीसाधन बिक्री ग¥यो, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२% ले कम हो ।

हङकङको प्रारम्भिक कारोबारमा बिवाइडी गाडिको सेयर मूल्य १.९% ले घटेर हङ्कङ् डलर ४९८.७० मा झरेको छ जुन फेब्रुअरी ५ यता सबैभन्दा न्यूनतम मूल्य हो ।

यो मूल्य मे महिनाको अन्त्यमा भएको उच्चतम मूल्यभन्दा ३६% ले घटेको हो ।

बिवाईडीको गत हप्ता पनि लगातार दोस्रो त्रैमासिक नाफामा गिरावट देखाएको थियो । यसअघि चिनियाँ अधिकारीहरूले अत्यधिक छुट दिने प्रवृत्तिमा कडाइ गरेपछि कम्पनीको रणनीति कमजोर भएको देखिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

विश्वबजारमा प्रभावशाली उपस्थिति जनाएको बिवाइडीको नाफा घट्दो र दबाब बढेको ब्लुमबर्गको रिर्पोटमा उल्लेख छ ।
बिवाइडीले चीनको सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि गुमाएर एसएआइसी मोटर कर्पोरेसनको पछाडी परेको छ ।

एसएलआइसीले अक्टोबरमा ४ लाख ५३ हजार ९ सय ७८ ओटा सवारीसाधन बिक्री गरेको थियो ।

बिवाडीका लागि चिन्ताको विषय भनेको अक्टोबर महिनाको बिक्री यस वर्षकै सबैभन्दा राम्रो भए पनि, वर्षको लक्ष्य (४.६ मिलियन युनिट) पुरा गर्न नोभेम्बर र डिसेम्बरमा अझ बढी बिक्री गर्नुपर्ने छ ।

हालसम्मको बिक्री ३.७ मिलियन युनिट रहेको छ, जसअनुसार बाँकी महिनाहरूमा प्रति महिना औसत ४ लाख ५०,००० युनिट बिक्री गर्नुपर्नेछ ।