काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार निरीक्षण गरेका छन् ।
क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार बोहोराटार पुगेका हुन् । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो । यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
राष्ट्रपति पौडेलको निजी निवास निरिक्षण गर्न बोहोराटार पुगे गृहमन्त्री



प्रतिक्रिया दिनुहोस्