झिनो अंकले घट्यो नेप्से, ६ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक परिसूचक नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार शिवम् सिमेन्टको धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६८ लाख रूपैयाँ बढीको कारोबार भएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपममेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सोमबार इस्टर्न हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।