काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर १ः१ अनुपातमा जारी गर्ने निर्णय गरेको छ।
कम्पनीको कात्तिक १७ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीका दायित्व भुक्तानी तथा जलविद्युत आयोजनामा थप लगानीका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नियमनकारी निकाय नेपाल धितापत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ। हकप्रद जारी गरेपछि कम्पनीको पूँजी दोब्बर हुने अनुमान गरिएको छ।
दोश्रो बजारमा कम्पनीको सेयरमूल्य अहिले प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथिमा कारोबार भइरहेको छ।
कम्पनीले हकप्रद निष्कासनपछि आयोजनाको वित्तीय संरचना सुदृढ हुने र लगानीकर्ताको भरोसा अझ बढ्ने अपेक्षा व्यक्त गरेको छ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्