काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य एक हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३९ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ३८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्