सरकारद्वारा ‘विकास ऋणपत्र–२०८६’ जारी, १० अर्ब रुपैयाँ उठाउने तयारी


काठमाडौँ । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने निर्णय गरेको हो।

कार्यालयका अनुसार यो ऋणपत्र ४ वर्ष अवधिको हुनेछ। ऋणपत्र कात्तिक १९ गते बोलकबोल ९अक्सन० मार्फत बिक्रीमा आउने र कात्तिक २० गते निष्काशन प्रक्रिया सम्पन्न गरिने कार्यक्रम तय गरिएको छ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीहरू र नेपाली नागरिकहरू सबैले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले इच्छुक संस्थाहरू र व्यक्तिहरूलाई निर्धारित मितिभित्र बोलकबोल पेश गर्न आग्रह गरेको छ।

आन्तरिक ऋणपत्रबाट संकलित रकम विकास योजनाको वित्तपोषण र सरकारको आन्तरिक ऋण व्यवस्थापन सन्तुलनका लागि प्रयोग हुने बताइएको छ।