काठमाडौँ । तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार भुसाललाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पक्राउ गरिएको हो।
निकोलस भुसाल पछिल्ला दिनमा सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका कारण प्रहरीको निगरानीमा आएका थिए। तीन दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए, तर निर्धारित समयमा नआएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
यसअघि पनि माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका भुसाललाई प्रहरीले गाँजा सेवन गरेको पुष्टि भएपछि रिह्याब सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाएको थियो।
प्रहरीले हाल उनको गतिविधिबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्