काठमाडाैं । नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताएका हुन् ।
उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गरे । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तीहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको बताए ।
युवा पुस्ताहरुलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित हामी नयाँ एकीकृत पार्टी पुनर्निर्माणको अगाडि बढिराखेका उनकाे दाबी छ ।
‘नौ वटा पार्टीहरुले त्यसमा हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाढि बढने निर्णय ग¥यौं भनेर त्यो हस्ताक्षर भईसकेको छ,’ उनले भने ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्