काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक परिसूचक नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ३४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
मंगलबार माबिलुङ इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३२२ कम्पनीको एक करोड ३ लाख ४३ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्