काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेकोक छ ।
विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको राष्ट्र बैँकले जनाएको छ ।
यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ तोकिएको राष्ट्र बैँकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्