देशका केही ठाउँमा हल्का वर्षा र हिमपातकाे सम्भावना


काठमाडौँ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।