काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्टाटसबिरुद्ध एमाले निकट युवा संघ नेपालले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।
बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रप्रति असम्मानजनक टिप्पणी गरेको भन्दै साइबर अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागेको युवासंघका एक नेताले जानकारी दिए
बालेनले दुई दिनअघि मध्यरातमा अशोभनीय शब्दसहितको गालीगलौजयुक्त स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। केहीबेरमै उनले उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सार्वजनिक भई भाइरल भएको थियो।
सो स्टाटसबारे सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो धेरैले मेयरको अभिव्यक्तिको शैलीप्रति आलोचना गरेका छन् भने केहीले उनलाई व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गरेको भन्दै बचाउ पनि गरेका छन्।
युवा संघले सार्वजनिक पदमा बसेको व्यक्तिबाट यस्तो भाषा प्रयोग हुनु अस्वीकार्य भएको बताउँदै आवश्यक कानुनी कारबाहीको माग गरेको छ।




प्रतिक्रिया दिनुहोस्