काठमाडौँ । टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित,सहयोगी र प्रयोगकर्ता–मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ ।
टिकटकले क्रिएटरहरूलाई सुरक्षित र उत्पादनमूलक सामाग्रीहरू उत्पादन गरेको र यसले कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गरेको दाबी गरेको छ ।
यी सुविधाहरूले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
टिकटकले क्रियटर केयर मोड नामक नयाँ फिचर लन्च गरेको छ,जसले विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ ।
एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालित रूपमा हाइड गर्दिन्छ ।
यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ । यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ
साथै, कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारिएको लाइभ म्युटिङ् टुल्स लन्च गरेको छ । अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन् ।
टिकटकले क्रियटरहरूका लागि उपयोगी हुने अर्को टुल कन्टेन पनि उपलब्ध गराएको छ, जुन केवल वेबमा टिकटक स्टुडियो मार्फत चल्ने कम्पनीले जनाएको छ । यस फिचरले क्रिएटरहरूलाई आफ्ना भिडियोहरूको लिमिटेड रिचका कारण फर यू पेजमा नदेखिने जस्ता समस्या छ कि छैन भनेर पोस्ट गर्नु अघि नै जाँच गरेर परिवर्तन गर्न सघाउँछ।
यसरी क्रिएटरले सम्भावित समस्याहरू सुरुमै पहिचान गरी कम्युनिटी गाइडलाइन्स अनुसार कन्टेन्टमा सुधार र सिर्जनात्मक स्वतन्त्रता कायम गरेर पोस्ट गर्न सक्ने कम्पनीले उल्लेख गरेकाे छ ।
यी सबै टुलहरू मार्फत टिकटकले क्रिएटरहरूलाई अनलाइन कम्युनिटी निर्माणमा सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्दछ ।
प्लेटफर्मले क्रिएटरहरूलाई यी सुविधाहरू प्रयोग गर्न, यी टुलहरूले कसरी काम गर्छन् भनेर जान्न र आफ्नो अनलाइन यात्रा अझ सकारात्मक, उत्पादनशील र सुरक्षित बनाउन प्रोत्साहन गर्ने टिकटकले उल्लेख गरेकाे छ ।




प्रतिक्रिया दिनुहोस्