काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरूमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २ अर्ब ७१ करोड ८५ लाख रूपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रूपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ४० करोड ७७ लाख रूपैयाँ र राष्ट्रियस्तरको वित्त कम्पनीमा १३ करोड ५९ लाख रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनको लागि प्रस्ताव गरिएको ब्याजदर खुलाई २०८२ कात्तिक २३ गते राती १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन सक्नेछन् ।




प्रतिक्रिया दिनुहोस्