काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक नेप्से परिसूचक ११.२९ अंकले बढेर २५९६.१२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको भने २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार शिवम् सिमेन्टको धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ९१ लाख २७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
बिहीबार दरमखोला हाइड्रो इनजी र माबिलुङ इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३२० कम्पनीको एक करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।




प्रतिक्रिया दिनुहोस्